Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंक १५औं वर्षमा प्रवेश

मुक्तिनाथ विकास बैंक १५औं वर्षमा प्रवेश


काठमाडौं ।
मुक्तिनाथ विकास बैंक स्थापनाको १४ वर्ष पार गरी १५औं वर्षमा प्रवेश गरेको छ । २०६३ साल पुस १९ गते आइतबारबाट १५औं वर्षमा प्रवेश गरेको हो । स्याङ्जा र तनहुँ जिल्लाहरूको कार्यक्षेत्र स्वीकृति लिई स्याङ्जा जिल्लाको पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना गरी, एक करोड ३० लाख चुक्ता पुँजीमा बैंक सञ्चालनमा आएको थियो ।

बैंक स्थापनाको दिन पारेर विकास बैंकका क्षेत्रीय तथा शाखा कार्यालयहरूमा विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरू सम्पन्न गरिएको छ । सो अवसरमा विभिन्न स्थानमा रहेका छ अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग, विभिन्न ठाउँहरूमा डस्बिन वितरण, एम्बुलेन्स मर्मतसम्भार खर्च, पिउने पानी शुद्धीकरण मेसिन हस्तान्तरण, गौशाला संरक्षणका लागि आर्थिक सहयोग तथा काठमाडौँं महानगरपालिका वडा नं. १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरी अगाडिको सडक पेटी वाहेकको खालि चौरमा वातावरणमैत्री हरित बगैँचा निर्माणमा सहयोग गरेको छ ।

साथै बैंकले यसै उपलक्ष्यमा कोरोना महामारीको विषम परिस्थितिमा डिजिटल बैंकिङ प्रणालीलाई प्रोत्साहन गर्न भिसा कन्ट्याक्टलेस डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । भिसा कन्ट्याक्टलेस डेबिट कार्ड नियर फिल्ड कम्युनिकेसन (एनएफसी)मा आधारित प्रविधि हो । यसबाट ग्राहकले आफ्नो कार्डलाई मेसिनमा प्रत्यक्ष स्पर्श नगरी (नछोई) सरल तरिकाले पस मेसिन टर्मिनलमा ग्राहकले खरिद गरेका सामग्रीहरूको बिल भुक्तानी गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकको नियमअनुसार नै दुई हजार रुपैयाँसम्मको भुक्तानीलाई बिनापिन कन्ट्याक्टलेस कार्डमार्फत पस टर्मिनलमार्फत भुक्तानी गर्न सकिनेछ ।

यसैगरी भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा गर्ने आदिजस्ता सुविधाहरू बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था गरिएको जानकारी पनि बैंकले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया