Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआरएन इन्फ्रास्ट्रक्चरले तीन प्रतिशत लाभांश दिने

एनआरएन इन्फ्रास्ट्रक्चरले तीन प्रतिशत लाभांश दिने


काठमाडौं ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले तीन प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट दुई दशमलव ८५ प्रतिशतले हुुने तीन लाख २२ हजार आठ सय १४ कित्ता बोनस सेयर र उक्त बोनस सेयरको लागि कर प्रयोजनार्थ शून्य दशमलव १५ प्रतिशत अर्थात् १६ लाख ९९ हजार २१ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही पुुस १६ गते बसेको बैठकले गरेको निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया