लक्ष्मी लघुवित्तको बचत तथा ऋणको किस्ता ई–सेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत रकम ई–सेवाबाट भुक्तानी गर्न सक्ने भएका छन् । ई–सेवाले ग्रामीण भेगमा रहेका लघुउद्यमीहरूलाई पनि डिजिटलाइज गर्ने उद्देश्यले लघुवित्त कम्पनीहरूको भुक्तानीलाई ई–सेवामा आबद्ध गर्दै लगेको हो । अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा ई–सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र लक्ष्मी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले हस्ताक्षर गरेका छन् ।
ई–सेवा एकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाइलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् भने ई–सेवा एकाउन्ट नभएका सदस्यले नजिकको ई–सेवा जोन, पोइन्ट तथा ई–सेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्नेछन् । योसँगै लघुवित्तका सदस्यहरूले ऋणको किस्ता तिर्न नगद बोकेर लघुवित्तको कार्यालय पुग्नुपर्ने समयको बचत हुनुको साथै अन्य खर्चमा समेत कटौती हुनेछ । सुरुको तीन महिना लक्ष्मी लघुवित्तको रकम भुक्तानी गर्दा कुनै शुल्क लाग्ने छैन ।
अहिलेको विषम परिस्थितिमा भिडभाडमा जान नपर्ने भएपछि कोरोनाजस्ता संक्रात्मक रोगबाट हुने जोखिम पनि न्यूनीकरण हुने छन् । ई–सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । ई–सेवामार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । ई–सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई–सेवामा सहजै रकम जम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था राष्ट्रियस्तरको लघुवीत्त संस्था हो । लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी रहेको यस वित्तीय संस्थाका ७२ वटा शाखा रहेका छन् । संस्थाले हाल साढे पाँच अर्ब कर्जा लगानी गरेको छ भने डेढ अर्बभन्दा धेरै बचत रहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- महालक्ष्मी विकास बैंकद्वारा पोशाक वितरण
- ज्योति विकास बैंकद्वारा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान
- सिटिजन्स बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसेसबीच छुट सम्झौता
- सिभिल लघुवित्तद्वारा सेयर मूल्य समायोजन
- जनउत्थान लघुवित्तले कमायो दुई करोड ७४ लाख
- बेइजिङको अनुसन्धानमा परेपछि ज्याक माले गुमाए चिनियाँ धनीको उपाधि
- बम राखिएको हल्लापछि ताजमहल बन्द
- बंगलादेशको निर्यातमा कोरोना महामारीको असर
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- इन्टिग्रिटी आइकन २०२० सार्वजनिक
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
तपाईको प्रतिक्रिया