Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी बैंक र थुलुङ दुधकोशी गाउँपालिकाबीच सम्झौता

लक्ष्मी बैंक र थुलुङ दुधकोशी गाउँपालिकाबीच सम्झौता


काठमाडौं ।
लक्ष्मी बैंक र थुलुङ दुधकोशी गाउँपालिकाबीच सम्झौता भएको छ । आत्मनिर्भर पालिका बनाउन सोलुखुम्बको थुलुङ दुधकोशी गाउँपालिका र लक्ष्मी बैंकबीच सहकार्य गर्ने सम्झौता भएको हो । उद्यमशीलता र स्वरोजगारको लागि व्यावसायिकतामार्फत आत्मनिर्भर पालिका निर्माणका लागि गाउँपालिका र लक्ष्मी बैंकबीच सहुलियतपूर्ण कर्जा सहजीकरण कार्यक्रम सञ्चालनका गर्ने सम्झौता भएको हो ।

सम्झौतामा गाउँपालिका अध्यक्ष असिम राई र लक्ष्मी बैंकका प्रमुख रिटेल फाइनान्सियल दिनेश अमात्यले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार वैदेशिक रोजगारीबाट सीप, अनुभव र धेरथोर पुँजी समेत संकलन गरी स्वदेश फर्किएका युवालाई पुनः विदेशिनुपर्ने बाध्यताबाट रोकी उद्यमशीलतासँग जोडेर विदेशबाट आर्जित सीप अनुभव र पुँजी स्वदेशमा नै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पु-याउने र वित्तिय पहुँच एवं वित्तीय समावेशीतामा अभिवृद्धि गरिनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया