Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ इन्स्योरेन्सद्वारा बीमा दाबीसम्बन्धी अन्तक्र्रिया सम्पन्न

सिद्धार्थ इन्स्योरेन्सद्वारा बीमा दाबीसम्बन्धी अन्तक्र्रिया सम्पन्न


काडमाडौं, पुस २०
सिद्धार्थ इन्स्योरेन्सले गण्डकी प्रदेशको पोखरामा “संस्थागत सुशासन र पारदर्शिता, दाबी भुक्तानीको सुनिश्चितता विषयक बीमा दाबीसम्बन्धी अन्तक्र्रिया सम्पन्न गरेको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बीमा दाबीसम्बन्धी विषयमा वीमितसँगको प्रत्यक्ष सात्क्षातकारवाट एक अर्काको कमि कमजोरी पहिचान गरि, दाबी भुक्तानी कार्यलाई प्रभावकारी बनाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कम्पनीका सञ्चालक पवन कुमार अग्रवाल सभापतित्वमा सम्पन्न कार्यक्रममा होटल, पर्यटन, मोटर व्यवसायसँगसम्बन्धीत व्यवसायी तथा बीमा दाबीसँग प्रत्यक्ष सलग्न रहने सर्भेयरहरुको उल्लेख्य उपस्थिति रहेको थियो । अन्तक्र्रियाका सहभागि वक्ताहरुले उठाएको दाबी फछ्र्यौटसम्बन्धी विविध विषयहरुका सम्बन्धमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले जवाफ दिँदै बीमितको हितलाई केन्द्रविन्दुमा राखेर बीमा दाबीको भुक्तानी गर्ने लक्ष्य रहेको र बीमा दाबी फर्छयौट प्रकृयालाई अझ सरल, सुलभ र पारदर्र्शी वनाउनेतर्फ क्रियासिल रहेको बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया