Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपोखरा फाइनान्सको वार्षिक साधारणसभा

पोखरा फाइनान्सको वार्षिक साधारणसभा


काडमाडौं, पुस २०
पोखरा फाइनान्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । फाईनान्सले शुक्रबार कास्कीको पोखरामा २३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफा तथा जगेडा कोषबाट प्रति सेयर सात प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर सात दशमलव २० प्रतिशतका दरले नगद लाभांश गरी कुल १४ दशमलव २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी ९१ करोड ७२ लाख रुपैयाँ पुगेको छ । सभाले सर्वसाधारण सेयरधनी समूहबाट मेजर प्रेम बहादुर थापा, डा. दिपेन्द्र कुमार गौतम र कृष्ण बहादुर गुरुङलाई आगामी चार वर्षको लागि सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

साथै सभाले आ.व. २०७६/७७ को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने (मर्जर) वाप्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलित नियम, कानूनअनुसार वित्तीय संस्थाकोतर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए । फाईनान्सले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यानदिदैं ग्राहक सेवालाई निरन्तररुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको पनि वित्तीय संस्थाले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया