Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारश्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको वार्षिक साधारणसभा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको वार्षिक साधारणसभा


काठमाडौँ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको २६औं वार्षिक साधारणसभा बुधबार कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौँंमा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समिक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप पाँच अर्ब २५ करोड र कर्जा सापट चार अर्ब ६७ करोड पुगेको तथा सम्पूर्ण कारोबारपछिको कम्पनीको खुद मुनाफा (बोनस तथा कर व्यवस्था पछि) ११ करोड १९ लाख भएको जानकारी साधारणा सभालाई गराए ।

साधारणसभामा अनुमोदनको लागि पेस गरिएको हाल कायम रहेको चुक्ता पुँजीको १० दशमलव ५३ प्रतिशत लाभांश वितरण (बोनस सेयर सात दशमलव ३७ प्रतिशत तथा नगद लाभांश तीन दशमलव १६ प्रतिशत ) सम्बन्धी प्रस्तावलाई २६औं साधारणसभाबाट अनुमोदन गरेको फाइनान्सले जनाएको छ । अनुमोदनपश्चात् कम्पनीको जारी तथा चुक्ता पुँजी ८९ करोड एक लाख ३४ हजार आठ सय ७९ रुपैयाँ पुगेको छ ।

प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्ष पाण्डेले विषम परिस्थितिको बाबजुद पनि कम्पनीको व्यावसायिक कारोबार वृद्धि हुनुमा आफ्ना ग्राहकहरूसँगको निरन्तर सम्पर्कलगायत कर्जाको किस्ता तथा ब्याज असुलीतर्फ प्रभावकारी अनुगमन मुख्य रहेको बताए । कम्पनीले २०७७ आसार मसान्तसम्म आफ्ना १३ वटा कार्यालयहरूबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधिभित्र रही व्यावसायिक कार्य गर्दै उक्त बैंकको निर्देशनहरू पूर्णरूपमा पालना गरिएको जानकारी समेत सभालाई गराएका थिए ।

छलफलको क्रममा सेयरधनीहरूबाट उठाइएका विभिन्न प्रश्न तथा जिज्ञासाहरूको उत्तर अध्यक्षको अनुमतिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले दिएपछि साधारणसभाबाट वित्तीय विवरणलगायत सभामा छलफलका लागि पेश गरिएका साधारण तथा विशेष प्रस्तावहरू सर्वसम्मतबाट पारित भएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया