Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपोखरा फाइनान्सको लाभांश पारित

पोखरा फाइनान्सको लाभांश पारित


काठमाडौँ ।
पोखरा फाइनान्स लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७६–०७७ सम्मको सञ्चित मुनाफा तथा जगेडा कोषबाट प्रतिसेयर पाँच प्रतिशतका दरले बोनस सेयर र प्रतिसेयर शून्य दशमलव २६ प्रतिशतका दरले नगद लाभांश गरी कुल पाँच दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी ९६ करोड ३१ लाख रुपैयाँ पुुगेको छ ।

साथै सभाले आ.व. २०७७–०७८ को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरू एकआपसमा गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्नलगायत प्रचलित नियम, कानुनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी दिए ।

पोखरा फाइनान्स लिमिटेडले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाई निरन्तररूपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको पनि वित्तीय संस्थाले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया