घरेलु लघुवित्तको वार्षिक साधारणसभा
काडमाडौं, पुस २०
घरेलु लघुवित्त वित्तीय संस्थाले प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाले अध्यक्ष आङ देण्डी शेर्पाको सभापतित्वमा यहि पौष ११ गते काभ्रेको वनेपा स्थित पन्चकन्या व्याङक्वेटमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको आ.व. २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन सहित २०७६ आषाढ मसान्तसम्मको वासलात तथा नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथी छलफल, आ.व.२०७६/७७को लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा संस्थाले अन्य ईजाजतपत्र प्राप्त घ बर्गका कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा प्राप्ती हुन जाने र कुनै बित्तिय संस्थाएक आपसमा गाभ्न/गाभिन उपयुक्तदेखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिवा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै संस्थाको प्रथम वार्षिक साधारणसभाले छ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको निर्वाचन अधिकृत लक्ष्मी पोख्रेलले जानकारी दिइन् । संस्थाले संस्था स्थापनाको छोटो समयमा नै ११ जिल्लाहरुमा १३ शाखा कार्यालयहरु स्थापना गरी विगत १० महिनादेखि लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले २०७६ मंसिर मसान्तसम्ममा लगभग चार हजार छ सय घरपरिवारहरुमा सेवा विस्तार गर्दे २१ करोडभन्दा बढी लगानी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया