Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकको १६ प्रतिशत लाभांश पारित

नेपाल बैंकको १६ प्रतिशत लाभांश पारित


काठमाडौँ ।
नेपाल बैंकको १६ प्रतिशत लाभांश पारित भएको छ । बैंकको बुुधबार सम्पन्न भएको ६१औं वार्षिक साधारणसभाले उक्त अनुपातमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंकले बुुधबार प्रधान कार्यालय, धर्मपथ, काठमाडौँंबाट र भर्चुअलमार्फत आयोजना सम्पन्न भएको ६१औं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो ।

सो अवसरमा बैंकको आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ आसार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित भएको छ ।

सभाले हालको चुक्ता पुँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार दुई सय रुपैयाँमध्येबाट चार प्रतिशतका दरमा हुुन आउने ४५ करोड १३ लाख १२ हजार आड सय आठ रुपैयाँ नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पुँजीको १२ प्रतिशतका दरले हुन आउने एक अर्ब ३५ करोड ३९ लाख ३८ हजार चार सय २४ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

साथै, बोनस सेयर वितरणबाट बैंकको साबिक जारी तथा चुक्ता पुँजीमा वृद्धि गरी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार छ सय २४ रुपैयाँ कायम गर्ने र सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्नेलगायत साधारणसभामा पेश भएका प्रस्तावहरू समेत सर्वसम्मतरूपमा पारित गरेको छ ।

साथै, साधारणसभामा तय भएको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रक्रियामार्फत सम्पन्न भई विवेक शमशेर जबरा, विष्णुकुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओम कृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया