Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुराँस लघुवित्त वित्तीयको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न

गुराँस लघुवित्त वित्तीयको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न


काठमाडौँ ।
गुराँस लघुवित्त वित्तीय संस्थाको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अनुसार सञ्चालक समितिका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा बुधबार धनकुटास्थित न्यू अन्जुली होटलमा वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफानोक्सान हिसाब तथा नगद प्रवाहसहितको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने निर्णय गर्नुको साथै आर्थिक वर्ष २०७७–०७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने सामान्य प्रस्ताव पारित ग-यो ।

उक्त सभामा सहभागी सेयरधनी महानुभावहरूले कोरोना भाइरस संक्रमणको यस परिस्थितिमा संस्थालाई बचाउँदै अगाडि बढाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरूमा ग्राहकहरूको संरक्षण तथा विकास गर्दै संस्थाको व्यवसाय वृद्धि गर्न सुझाव दिए । साधारणसभामा सहभागी सेयरधनीहरूबाट प्राप्त सल्लाह सुझावहरूहरूको लागि धन्यवाद दिँदै सभा अध्यक्षबाट सभा विसर्जन भयो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया