Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईसीएफसी फाइनान्सको १७औं वार्षिक साधारणसभा

आईसीएफसी फाइनान्सको १७औं वार्षिक साधारणसभा


काठमाडौँ ।
आईसीएफसी फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । फाइनान्सले आज बुुधबार संस्थाको रजिष्टर्ड कार्यालय, टंगाल काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभाबाट आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको १० दशमलव पाँच प्रतिशत बोनस सेयर तथा चार दशमलव पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । सभाले संस्थाको नियामावलीअनुसार संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका तीन जना सञ्चालकहरू रामबाबु पन्त, सुशीलकुमार अर्याल र डा. विरेन्द्रकुमार साहलाई आगामी चार वर्षको लागि सर्वसम्मतबाट सञ्चालकमा चयन गरेकोे छ । साथै, आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरीक्षक एसएआर एसोसिएट्सलाई नियुक्त गरेको छ ।

चुक्ता पुँजी ९२ करोड ६५ लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो १८ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र १७ वटा एटीएममार्फत ७१ हजारभन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै चालू आवसम्म १४ अर्ब १२ करोड निक्षेप संकलन र नौ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया