Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी बैंकको दुई आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न

सेञ्चुरी बैंकको दुई आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न


काठमाडौँ ।
सेञ्चुरी कमर्सियल बैंकले नवौँ तथा १०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले बुधबार सञ्चालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभाले सेयरधनीहरूलाई आव २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम आठ अर्ब ४१ करोड ५४ लाख ७१ हजार पाँच सय ७६ रुपैयाँ ३० पैसामध्येबाट चार दशमलव ७५ प्रतिशत नगद लाभांश (करसहित) र दुई प्रतिशत बोनस सेयर तथा उक्त बोनस सेयर वितरणपश्चात् हुनआउने चुक्ता पुँजी रकम आठ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट पाँच दशमलव २५ प्रतिशत बराबरको बोनस सेयर र दुई दशमलव २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाडलगायतका प्रतिवेदन पारित गरेको छ ।

सभाले संस्थापक सेयरधनीहरूबाट प्रतिनिधित्व गर्न तीन जना सञ्चालक रमेशकुमार निरौला, मनबहादुर राई र रणबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ । चालु आवको असोज मसान्तसम्म बैंकले ८२ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले २२ करोड दुई लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया