कृषि विकास बैंकद्वारा विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण
काडमाडौं, पुस २०
कृषि विकास बैंकले शैक्षिक विद्यालयलाई सामग्री हस्तान्तरण गरेको छ । बैंकले बुधबार सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जनकल्याण माध्यमिक विद्यालय, चन्द्रागिरीलाई तीन थान ल्यापटप, एक थान प्रोजेक्टर र एक थान साउण्ड सिस्टम उपलब्ध गराएको हो । बैंकको क्षेत्रीय कार्यालय काठमाडौबाट आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी तथा हस्तान्त्रण कार्यक्रमका अध्यक्ष बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले विद्यालयका प्रधानअध्यापक गौतम नकर्मिलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन ।
स्थानीय, विद्यार्थीहरुको बाक्लो उपस्थित रहेको सो समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि विकास बैंकले गुणात्मक शिक्षाका लागि विगतदेखि नै सामुदायिक विद्यालयहरुलाई केही न केही सहयोग गर्दै आएको छ र यसै सिसिलामा यस विद्यालयलाई सहयोग गर्ने अवसर दिएकोमा विद्यालय परिवारलाई हार्दिक धन्यवाद दिंदै चन्द्रागिरी नगरपलिकालाई बैंकसंग कारोबारको सिलसिलामा जोडिन हार्दिक अनुरोध गरे ।
उनले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिका बारे चर्चा गरे । उनले ५२ बर्ष अगाडी कृषकहरुको आर्थिक सम्वृद्धिका लागि स्थापित बैंकले हाल आधुनिक प्रविधी मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताए ।
नेपालमा सबैभन्दा बढी शाखा सञ्जाल भएको तथा बृहत पुँजी भएको बैंकले दूरदराजमा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको तथा उनीहरुको क्षमता वृद्धिका लागि विभिन्न वित्तीय साक्षरता एवम् तालिमहरुका साथसाथै यस्तै प्रकृतिका सेवामुलक कार्यहरु पनि निरन्तररुपमा गर्दै आईरहेको प्रमुख कार्यकारी उपाध्यायले बताए । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि तथा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले यस्ता कार्यक्रमले गुणात्मक शिक्षाको अभिवृद्धिका लागि महत्पूर्ण भूमिका खेल्ने तथा सूचना प्रविधिको पूर्ण सदुपयोग हुने भएकोले बैंकलाई विशेष धन्यवाद दिदै उपस्थित टोलबासीहरुलाई कृषि विकास बैंक लि.मा नै बैंकिङ्ग कारोबार गर्न अनुरोध गरे ।
बैंकले पु-याएको सहयोगको सह्राहना गरी बैंकको उच्च प्रगतिको कामना गरे । कार्यक्रमका विशिष्ठ अतिथि तथा चन्द्रागिरि नगरपालिकाका उपमेयर लिसा नकर्मीले यस्ता सामाजिक कार्यले समाजमा बैंकको गरिमा बढाउँदै जाने भएकोले उक्त कार्यको प्रशंसा गर्दै बैंकले पु-याएको योगदानको प्रसंशा समेत गरे ।
कार्यक्रमका अतिथि तथा कृषि विकास बैंक क्षेत्रीय कार्यालय काठमाडौंका का.मु. निर्देशक सुन्दर खतिवडाले बैंक केवल नाफामुखी व्यवसाय मात्र गरी सामाजिक सेवामा पनि त्यतिकै समर्पित रहने र भविष्यमा पनि गुणात्मक शिक्षाका लागि यस्ता कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने भन्दै बैंकले सञ्चालनमा ल्याएका सुविधाहरु एटीएम कार्ड, भिसा कार्ड, आईपिएस, मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, सि.आस्वा सुविधा, डिम्याट सुविधा)को बारेमा समेत जानकारी दिए । कृषि विकास बैंक लि. थानकोट शाखाका प्रबन्धक नारायणलाल श्रेष्ठले बैंकले उपलव्ध गराएका सेवाहरुका भरमग्दुर उपभोग गर्न हार्दिक अनुरोध गरे ।
कार्यक्रममा बैंकका उपमहाप्रबन्धकहरु यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दीर्घ बहादुर अर्याल, विभागीय प्रमुखहरु मिनराज पोखरेल, शंकर कुमार अर्याल, हिमलाल पौडेल, शाखा सञ्चालन विभागका शाखा प्रमुख महेश्वर मरहठा, सामान्य सेवा विभागका शा.अ. जेनु बस्नेत, कृषि विकास बैंक कलंकीका प्रबन्धक कल्पना सेंढाई, क्षेत्रीय कार्यालय काठमाडौका शाखा प्रमुख राजेन्द्र रानाभाट, का.स. छगेन्द्र आचार्य लगायतका अन्य कर्मचारीको समेत उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन क्षेत्रीय कार्यालय काठमाडौका का.मु.शा.प्र. शालिकराम ढकालले गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
- मन्त्रिपरिषदले पूर्णता पाउँछ : नारायणकाजी श्रेष्ठ
- कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया