Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमोबाइल बैंकिङमार्फत आन्तरिक राजस्व कार्यालयको कर भुक्तानी गर्न सकिने

मोबाइल बैंकिङमार्फत आन्तरिक राजस्व कार्यालयको कर भुक्तानी गर्न सकिने


काठमाडौँ ।
करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व आफ्नो मोबाइल बैंकिङदेखि सहजै भुक्तानी गर्नसक्ने भएका छन् । करदाताले एभरेष्ट बैंकमार्फत भुक्तानी हुने कर फोन–पे नेटवर्कमा आबद्ध कुनै पनि बैैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्न सकिने भएको हो । मोबाइल बैंकिङमार्फत कर भुक्तानी गर्ने विषयमा एभरेष्ट बैंक र फोन–पे पेमेन्ट सर्भिस लिमिटेडका बीचमा सम्झौता समेत भएको छ । सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट सहायक महाप्रबन्धक आशुतोष शर्मा र फोन–पेका तर्फंबाट प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरेका छन् ।

करदाताले आन्तरिक राजस्व विभागअन्तर्गतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवाशुल्क मोबाइल बैंकिङबाट सहजै भुक्तानी गर्न सकिनेछ । मोबाइल बंैकिङमै यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ ।

फोन–पे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोनपे नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन् भने एक लाख ६० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् । ११ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाखभन्दा बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोन–पे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसीआई डीएसएस भीथ्रीटूवान प्रमाणीकरण प्राप्त संस्था हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया