Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकद्वारा मध्यबिन्दु जिल्ला अस्पताललाई ‘बेबी वार्मर’ सहयोग

ज्योति विकास बैंकद्वारा मध्यबिन्दु जिल्ला अस्पताललाई ‘बेबी वार्मर’ सहयोग


काठमाडौँ ।
ज्योति विकास बैंकले मध्यबिन्दु जिल्ला अस्पताल, नवलपुरलाई एक थान बेबी वार्मर सहयोग गरेको छ । बैंकका अनुसार शुक्रबार जिल्ला अस्पतालको प्राङ्गणमा आयोजित एक कार्यक्रममार्फत राष्ट्रिय आविष्कार केन्द्र र बैंकले संयुक्तरूपमा सो बेबी वार्मर प्रदान गरेको हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ ।

कार्यक्रममा बैंकका तर्फबाट गण्डकी प्रदेश र चितवन जिल्ला क्षेत्रका क्षेत्रीय प्रमुख विशाल लामिछाने, बैंकको कावासोती शाखाका शाखा प्रबन्धक लोकनारायण मानन्धर र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सञ्जयबहादुर सिंहद्वारा संयुक्तरूपमा मध्यबिन्दु जिल्ला अस्पताल व्यवस्थापन समितिका सदस्य तथा नवलपुर वाणिज्य संघका अध्यक्ष दासुराज पोखरेललाई सो बेबी वार्मर औपचारिकरूपमा हस्तान्तरण गरिएको थियो ।

नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट मध्यबिन्दु जिल्ला अस्पतालमा प्रसूति सेवा लिन आउने वार्षिक करिब तीन सय जना प्रत्यक्ष्यरूपमा लाभान्वित हुनेछन् साथै शिशु मृत्युदर न्यूनीकरण गर्न समेत योगदान पुग्नेछ । सोही कार्यक्रमको अवसरमा पीपीई र फेस शिल्डजस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्री पनि अस्पताललाई प्रदान गरिएको थियो ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्षरूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरू गर्दै आएको छ । बैंकले १२औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा न्यानो नानी बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरूलाई हस्तान्तरण गर्ने सहकार्यका लागि आठ लाख प्रदान गरेको थियो ।

हाल बैंकले एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले तीन लाखभन्दा बढी खाताबाट करिब ४५ अर्ब ८५ करोड निक्षेप संकलन गरी २३ हजारभन्दा बढी ऋणीलाई करिब ३७ अर्ब ५९ करोड लगानी गर्न सफल भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया