Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक २२ सय ८६ दशमलव ५४ बिन्दुमा

बजार परिसूचक २२ सय ८६ दशमलव ५४ बिन्दुमा

सातामा २२ अर्ब ७४ करोड ८२ लाखको सेयर किनबेच


काठमाडौँ ।
यस साता सेयर बजार परिसूचक २२ सय ८६ दशमलव ५४ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ३५ दशमलव २५ अंकमा पुगेर रोकिएको छ ।यस साता धितोपत्र बजारमा दुई सय आठवटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार दुई लाख एक हजार सात सय ४३ पटकको कारोबारमा पाँच करोड ५४ लाख १२ हजार छ सय ९५ कित्ता सेयर खरिदबिक्री हुँंदा कारोबार रकम २२ अर्ब ७४ करोड ८२ लाख ६० हजार नौ सय ५७ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै पाँच अर्ब रुपैयाँले कम हो ।

गत सात भने धितोपत्र बजारमा दुुई सय १२ वटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुसार दुई लाख ३४ हजार पाँच सय १३ पटकको कारोबारमा पाँच करोड ८७ लाख ८२ हजार छ सय ४८ कित्ता सेयर खरिदबिक्ती हुँंदा कारोबार रकम २७ अर्ब १७ करोड २३ लाख १२ हजार आठ सय सात रुपैयाँ पुुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष चार कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो र चौथो दिन नै बजार परिसूचक उकालो लागेको थियो ।

पहिलो दिन बजार परिसूचक ४१ दशमलव २४ अंकले उकालो लागेर २२ सय ३५ दशमलव ७२ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव २१ अंकले उकालो लागेर चार सय २८ दशमलव ४३ अंकमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसूचक तीन दशमलव सात अंकले उकालो लागेर दुई हजार दुुई सय ३९ दशमलव ४२ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९६ अंकले उकालो लागेर चार सय २९ दशमलव ३९ अंकमा चढेको थियो ।

तेस्रो दिन पनि बजार परिसूचक २८ दशमलव ३१ अंकले उकालोे लागेर दुई हजार दुई सय ६७ दशमलव ७३ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८९ अंकले उकालो लागेर चार सय ३३ दशमलव २८ अंकमा चढेको थियो । चौथो दिन पनि बजार परिसूचक १८ दशमलव ८१ अंकले उकालो लागेर दुई हजार दुई सय ८६ दशमलव ५४ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९७ अंकले उकालो लागेर चार सय ३५ दशमलव २५ अंकमा चढेको थियो ।

यस साता नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी, नेपाल दुरसञ्चार कम्पनी आदि परेका छन् भने कारोबार भएको सेयर संख्याको आधारमा प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक, कुमारी बैंक आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया