Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक २३ सय १५ अंकमा

बजार परिसूचक २३ सय १५ अंकमा

२८ अंकले बढ्दा छ अर्ब ३७ करोडको सेयर खरिदबिक्री


काठमाडौं ।
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको सुरुवाती कारोबार दिन आईतबार नै बजार परिसूचक २८ दशमलव ४६ अंकले उकालो लागेर २३ सय १५ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन आठ दशमलव १७ अंकले उकालो लागेर चार सय ४३ दशमलव ४२ अंकमा पुगेको छ । यसदिन १२ वटा उपसमूहअन्तर्गत दुई सय आठवटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसबाट ५० हजार छ सय सात पटकको कारोबारमा एक करोड ५० लाख ३५ हजार दुई सय २१ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम छ अर्ब ३७ करोड ४२ लाख ६७ हजार सात सय ८२ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका कुल उपसमूहमध्ये जलविद्युत् उपसमूहको सूचक सात दशमलव दुुई अंकले ओरालो लागेर १७ सय ७६ दशमलव १३ अंकमा झरेकोमा समूहको सूचक उकालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक एक दशमलव एक अंकले उकालो लागेर १७ सय ३५ दशमलव ५७ अंकमा चढेकोमा विकास बैंक उपसमूहको सूचक पनि एक सय १० दशमलव एक अंकले उकालो लागेर २४ सय ९७ दशमलव सात अंकमा चढेको छ ।

 निर्जीवन बीमा उपसमूहको सूचक पनि ७८ दशमलव पाँच अंकले उकालो लागेर १० हजार सात सय ५४ दशमलव ८६ अंकमा चढेकोमा जीवन बीमा उपसमूहको सूचक पनि दुई सय २१ दशमलव एक अंकले उकालो लागेर १४ हजार आठ सय ७५ दशमलव तीन अंकमा चढेको छ । यीबाहेक टे«डिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहहरूको सूचक पनि क्रमशः दुई सय ३२ दशमलव ९७, १६ दशमलव ८७, २५ दशमलव एक, ४९ दशमलव ८२, ६० दशमलव ७६, एक सय १५ दशमलव ५३ र शून्य दशमलव शून्य आठ अंकले उकालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको साल्ट टे«डिङ कर्पोरेसन नेपाल लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर सात हजार छ सय २३ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य पनि नौ दशमलव ९८ प्रतिशतले बढेर पाँच सय ६२ रुपैयाँमा किनबेच भएको छ ।

यीबाहेक गुराँस लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको युनाइटेड फाइनान्सको सेयर मूल्य पाँच दशमलव ७१ प्रतिशतले घटेर तीन सय ३० रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको एभरेष्ट बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ३० प्रतिशतले घटेर दुई सय ९३ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल एसबीआई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर आदिको मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल टेलिकमको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको एकै दिन प्रतिकित्ता १३ सय ५९ रुपैयाँ अन्तिम मूल्यमा ५८ करोड १० लाख १२ हाजार ६६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनआईसी एसिया बैंकको पनि प्रतिकित्ता नौ सय एक रुपैयाँ अन्तिम मूल्यमा २२ करोड ९० लाख २४ हजार आठ सय ७९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक सिभिल बैंक, नेपाल पुनर्बीमा कम्पनी आदिको पनि बढी रकम कारोबार भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया