Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकको नयाँ शाखा कीर्तिपुरको नयाँबजारमा

मेगा बैंकको नयाँ शाखा कीर्तिपुरको नयाँबजारमा


काठमाडौँ ।
मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरेको छ । आइतबार एक समारोहबीच कीर्तिपुर नगरपालिका वडा नम्बर ९, नयाँबजारमा बैंकको नयाँ शाखा विस्तार गरिएको हो । बैंकको यो दुई सय सातौं शाखा हो । काठमाडौँं उपत्यकामा मेगाको ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् । अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगाको दुई सय सातवटा शाखा कार्यालयहरू, ३४ वटा एक्सटेन्सन काउन्टरहरू, एक सय ४२ वटा एटीएम मेसिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरू रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया