Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारन्यू सुपर चामत्कारिक निक्षेप योजनाका साथ एनआईसी एसिया बैंक

न्यू सुपर चामत्कारिक निक्षेप योजनाका साथ एनआईसी एसिया बैंक


काठमाडौं, पुस २१
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ आम जनसमुदायमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एसिया बैंकले आफ्ना निक्षेप योजनामा आम ग्राहक महानुभावहरूलाई थप फाइदाहरू दिने क्रममा न्यू सुपर चामत्कारिक निक्षेप योजनाहरू सार्वजनिक गरेको छ ।

सन् २०२० को उपलक्ष्यमा ग्राहक महानुभावहरूलाई सर्वाधिक उच्च प्रतिफलको साथमा चामत्कारिक फाइदाहरू समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट रकम झिक्दा शुल्क नलाग्नेलगायतका ३० चामत्कारिक फाइदाहरूसहित बैंकले न्यू सुपर चामत्कारिक निक्षेप योजनाहरू सञ्चालनमा ल्याएको छ ।

यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहक महानुभावहरूले २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । यस सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरूपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि १० लाखसम्मको बीमा सुविधा र एक लाखसम्मको औषधि उपचार बीमा सुविधा निजले प्राप्त गर्न सक्नेछन् । औषधि उपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरङ्ग (ओपीडी) उपचारमा २० हजारसम्म र अस्पताल भर्नाबापत ८० हजार रूपैयाँसम्मको बीमा सुविधा प्रदान गर्नेछ र उपरोक्त उल्लेखित बीमा सुविधाहरूबापत लाग्ने प्रिमियम बैंक स्वयंले एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडलाई तिर्नेछ ।

ग्राहकहरूले आफूअनुकूल हुने र इच्छाइएको रकम बचत गर्नका लागि सिल्भर, गोल्ड र डायमण्ड सेरिज गरी तीन भेरिएन्ट्सका बचत योजनाहरू न्यू सुपर चामत्कारिक खाताहरूमा प्राप्त गर्न सक्नेछन् । यी तीनै प्रकारका खाताहरूमा वार्षिक छ दशमलव पाँच प्रतिशत ब्याजदर प्राप्त हुनेछ भने डायमण्ड सेरिजको बचत खातामा अति विशिष्ट सुविधाहरूबाट लाभान्वित हुनेछन् ।

साथै खातावालाको जीवन सहज बनाउनको लागि घरमै बैंकिङ सुविधा, निःशुल्क डीम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा यस योजनाले समेटेको छ । बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरूमा माथि उल्लिखित सुविधाहरूको अतिरिक्त पृथक स्वीप इन–स्वीप आउट र मासिक निक्षेप खाताको सुविधाबाट बचत खातामार्फत नै मुद्दती खाताकै सुविधाहरू पाइनेछ । न्यू सुपर चामत्कारिक बचत योजनाले मुलुकका सबै क्षेत्र, भेग, तह र तप्काका ग्राहक महानुभावहरूलाई अधिकतम फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

यी खाताका अर्को विशेष आर्कषण भनेको विपी इन–स्वीप आउट सुविधा हो । जसअन्तर्गत बैंकले सुपर चामत्कारिक बचत खातामा दुई लाखभन्दा बढी रकम भएमा, उक्त बढी रकमलाई १० हजारले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा नौ दशमलव ७५ प्रतिशतसम्मको ब्याजदर प्रदान गर्नेछ । यसरी मुद्दती निक्षेपमा स्वीप इन गरिएको रकम आवश्यकताअनुसार सजिलै झिक्न अर्थात् स्विप आउट गर्न सकिन्छ । यो सुविधा बैंकले न्यू सुपर चामत्कारिक बचत खाता–डायमण्ड श्रेणीका ग्राहकहरूलाई स्वतः उपलब्ध गराउँछ ।

मासिक निक्षेप खाताअन्तर्गत एनआईसी एसिया बैंकका ग्राहकले जम्मा गरेको रकममा नौ दशमलव ७५ सम्मको ब्याजदर प्राप्त गर्नेगरी मासिक निक्षेप खातामा ट्रान्सफर गर्न सक्नेछन् । मासिक निक्षेप खाता तीन महिनादेखि १० वर्षसम्मको लागि खोल्न सकिन्छ । साथै, ग्राहकले चाहेको समयमा आफैँले मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङको प्रयोग गरी थप रकम मासिक निक्षेप बचत खातामा जम्मा गर्न सक्नेछन् ।

झट्ट सुन्दा अपत्यारिलो लाग्ने विभिन्न ३० सुविधायुक्त ‘न्यू सुपर चामत्कारिक बचत खाता, न्यू सुपर चामत्कारिक नारी बचत खाता, न्यू सुपर चामत्कारिक जेष्ठ नागरिक बचत खाता, न्यू सुपर चामत्कारिक बाबुनानी बचत खाता, न्यू सुपर चामत्कारिक विद्यार्थी बचत खाता, न्यू सुपर चामत्कारिक स्वरोजगार बचत खाता, न्यू सुपर चामत्कारिक वैदेशिक रोजगार बचत खाता, न्यू सुपर चामत्कारिक सहज बचत खाता, न्यू सुपर चामत्कारिक मुद्दती निक्षेप खाता, न्यू सुपर चामत्कारिक मासिक निक्षेप खाता, न्यू सुपर चामत्कारिक तलब बचत खाता’सहितका निक्षेप योजना बैंकले ल्याएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर तीन सय १३ शाखा कार्यालयहरू, चार सय आठ एटीएम, एक सय तीनवटा एक्स्टेन्सन काउन्टर एवं ४५ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब तीन अर्ब १५ करोड रूपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया