बैंक र एनसीएचएलको संयुक्तरूपमा एक सय रूपैयाँको अभियान
काठमाडौं, पुस २१
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले बैंक खातामा आधारित डिजिटल कारोबारलाई कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत प्रवर्द्धन गर्न नेपालका अग्रणी बैंकहरूसँग संयुक्त प्रवर्द्धन अभियान सुरु गरेको छ । बैंकका ग्राहकहरूले आफ्नो बैंक खातालाई कनेक्ट आईपीएसमा लिंक र भेरिफाइ गरेपछि प्रवर्द्धन अवधिभित्र सम्बन्धित बैंकले उनीहरूको खातामा एक सय रूपैयाँ जम्मा गरिदिनेछ । सो एक सय रूपैयाँबराबरको इन्सेन्टिभ हाल लक्ष्मी बैंक, सिटिजन बैंक इन्टरनेशनल, नबिल बैंक र नेपाल बैंकका ग्राहकहरूका लागि उपलब्ध रहेका छन् । बैंकले आफ्ना शाखाहरूबाट युजर आइडी बनाउनर बैंक खाता लिंक गर्न ग्राहकहरूलाई सहयोग गर्नेछन् ।
ग्राहकहरूले डब्लूडब्लू कनेक्ट डट कमको मोबाइल एप वा बैंकको आफ्नै मोबाइल बैंकिङ प्रयोग गरेर सिधै आफ्नो बैंक खाताबाट भुक्तानी कारोबार गर्न सक्छन् । कनेक्ट आईपीएस प्रणाली अनलाइन भुक्तानीको एकीकृत प्ल्याटफर्म हो, जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड/बिल भुक्तानी सुविधा उपलब्ध रहेका छन् ।
यो प्ल्याटर्फममा सदस्य बैंकहरूको अन्य सेवाहरूमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धीभुक्तानी, मोबाइल वालेटमा फण्ड लोड, नेप्से अनलाइन ट्रेडिङ तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल/कलेज, इन्स्युरेन्स भुक्तानीलगायतका सेवाहरू उपलब्ध रहेका छन् । यसबैंक खातामा आधारित डिजिटल कारोबारहरूलाई प्रवर्द्धन गर्नेे पहललाई थप प्रोत्साहन गर्न यस संयुक्त अभियानले मदत गर्ने विश्वास कम्पनी र बैंक वित्तीय संस्थाहरूले लिएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया