स्ट्याण्डर्ड चार्टर्ड बैंकको गोल कार्यक्रम
काठमाडौं, पुस २१
स्ट्याण्डर्ड चार्टर्ड बैंकले नेपालमा गोल कार्यक्रमको औपचारिक सुरुवात गरेको छ । शनिबार आयोजित एक समारोहबीच घोषणा गरिएको उक्त कार्यक्रममा बैंकले आफ्नो अन्तर्राष्ट्रिय साझेदार अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वुमेन विन र नेपालको लागि स्थानीय कार्यान्वयनात्मक साझेदार राष्ट्रिय गैरसरकारी संस्था चाइल्डरिच, नेपालसँगको सहकार्यमा अघि बढाएको हो ।
गोल कार्यक्रम असमानताको सामना गर्न र आर्थिक समावेशिता प्रोत्साहित गर्न स्ट्याण्डर्ड चार्टर्डले अबलम्बन गरेको एक विश्वव्यापी पहल हो, जसमार्फत भविष्य निर्माताहरूलाई अगुवाई शिक्षा प्रदान गर्ने गरिन्छ । गोलले चेलीहरूलाई उनीहरूको परिवार र समुदायहरूमा आर्थिक नेतृत्व बहन गर्ने क्षमता प्रदान गर्न उनीहरूमा आत्मविश्वास, ज्ञान र सीपहरूको विकास गर्दछ । सन् २००६ र २०१८ को बीचमा यो कार्यक्रमबाट २० भन्दा बढी मुलुकहरूका चार लाख ८० हजार चेलीहरू र युवती लाभान्वित भैसकेका छन् । बैंकले सन् २०२३ सम्ममा १० लाख चेलीहरूलाई यो कार्यक्रमबाट लाभ प्रदान गर्ने लक्ष्य राखेको छ ।
गोल कार्यक्रम जीवनको महत्वपूर्ण सीपहरूलाई लक्षित गरेर मुख्यतः चार भागमा विभाजित गरिएको छ, जस्तो कि सञ्चार, स्वास्थ्य र सरसफाई, महिला अधिकार र वित्तीय साक्षरता । कार्यक्रममार्फत गोलले चेलीहरूको लागि समकक्षी नेताहरूमा विकास गर्ने, आफ्नो बारेमा सिक्ने, र बढी आत्मविश्वास प्राप्त गर्ने, साथीसङ्गीहरू र उनीहरू उनीहरूबीच सञ्जाल बनाउने लक्ष्य राखेको छ ।
कार्यक्रमको शुभारम्भ मदन स्मारक उच्च मावि, ललितपुरमा गरिएको थियो, जहाँ स्ट्याण्डर्ड चार्टर्ड बैंकको तर्फबाट करिब एक सय ५० जना विद्यार्थीहरूलाई उनीहरूको अध्ययनकार्यमा सहयोग पु-याउन स्टेशनरी सामग्रीहरू पनि वितरण गरिएको थियो । उक्त शुभारम्भ कार्यक्रममा विद्यार्थी भाइबहिनीहरू, उनीहरूका अभिभावकहरू, विद्यालयका शिक्षक शिक्षिका, कर्मचारीहरूलगायत स्ट्याण्डर्ड चार्टर्ड बैंक र चाइल्डरिच नेपालका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया