Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने

नेसनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने


काठमाडौं ।
नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । संस्थाका अनुसार दुवै संस्थाहरूबीच यही माघ आठ गते प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापश्चात् प्राप्तिसम्बन्धी प्रक्रियाकै लागि महिला सहयात्राको सेयर कारोबार रोक्का राखिएको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले जानकारी दिएको छ । नेप्सेका अनुसार बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने तथा प्राप्ति एक्विजिसनसम्बन्धी नियमावली २०७३ अनुसार महिला लघुवित्तको दोस्रो बजार कारोबार यही माघ नौ गते शुक्रबारबाट रोक्का गरिएको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया