Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकको क्यूआर कोडबाट बल्खु तरकारी बजारमा कारोबार

एनएमबी बैंकको क्यूआर कोडबाट बल्खु तरकारी बजारमा कारोबार


काठमाडौं ।
एनएमबी बैंकले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित बल्खु तरकारी बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानीलाई प्रवर्द्धन गर्न कार्यक्रमको आयोजना गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्याण, प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलगायत स्थानीय निकायका पदाधिकारीहरू, सुरक्षा निकाय, कुमारी क्लबका सदस्यहरू, स्थानीय कृषि व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । यसै सन्दर्भमा प्रमुख कार्यकारी अधिकृत केसीले बुढाथोकी भेजिटेवल सप्लायर्स र सजनी भेजिटेवल सप्लायर्सद्वयलाई सहुलियतपूर्ण कर्जाको प्रस्ताव पत्र पनि प्रदान गरे ।

बैंकले साना तथा मझौला उद्यमीलाई विगतदेखि केन्द्रबिन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रूपमा नगदरहित कारोबार प्रवर्द्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्यूआर कोडमार्फत साना तथा मझौला उद्यमीहरूलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ ।

यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशनअनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगदसहितबाट नगदरहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरूमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नुको साथै कृषि तथा सहुलियतपूर्ण कर्जा सहजताको लागि थप कार्यक्रम गर्नेमा प्रतिबद्ध छौँ ।’ बैंकका कार्यकारी अधिकृत केसीले भने ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया