Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकद्वारा माउन्ट केटु आरोहण समूह सदस्यहरू सम्मानित

महालक्ष्मी विकास बैंकद्वारा माउन्ट केटु आरोहण समूह सदस्यहरू सम्मानित


काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेडले पाकिस्तानमा अवस्थित ‘ज्यानमारा हिमाल’ भनेर चिनिने विश्वको दोस्रो अग्लो हिमाल केटु (८,६११ मिटर)को हिँउदयाम (२०७७ माघ ३ गते शनिबार)मा सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान बनाउन सफल माउन्ट केटु आरोहण समूहलाई स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार बैंकको प्रधान कार्यलयमा आयोजित अभिनन्दन कार्यक्रममा हिमाल केटुको चुचुरोमा नेपालको झण्डा फर्फराएर नेपालको नाम विश्वसामु परिचित गराउन आरोही समूहले पु-याएको योगदानको कदरस्वरूप बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले माउन्ट केटू आरोहण समूहलाई पाँच लाख रुपैयाँ नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका छन् ।

कार्यक्रममा आरोही निर्मल पुर्जाले बैंकले प्रदान गरेको यस सम्मानले साहासिक कार्यको लागि थप हौसला मिलेको बताए । उक्त कार्यक्रममा माउन्ट केटु आरोहण समूहका सदस्यहरू, बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू र कर्मचारीहरूको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया