Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारगरिमा विकास बैंकका नयाँ कर्जा योजनाहरू

गरिमा विकास बैंकका नयाँ कर्जा योजनाहरू


काठमाडौं ।
गरिमा विकास बैंकले नयाँ कर्जा योजनाहरू सार्वजनिक गरेको छ । बैंकले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरू सार्वजनिक गरेको हो । बैंकले नयाँ कर्जा सुविधाहरूअन्तर्गत गरिमा इजी एसएमई लोन र गरिमा इजी होम लोन सार्वजनिक गरेको हो । कोभिड १९ का कारण विश्व अर्थतन्त्र शिथिल भएको अवस्थामा हाम्रो देश पनि यसबाट टाढा रहन सकेन ।

यस विषम परिस्थितिमा बढ्दो बेरोजगार तथा उद्यमीहरूको उद्यमशीलतामा समेत ह्रास आएको बेलामा उघमीहरूलाई सरल र सहजतवरवाट कम ब्याजदरमा कर्जा सुविधा दिएर लगानीको वातावरण सिर्जना तथा उघमशीलताको विकाससँगै रोजगार सिर्जनामा ठूलो टेवा पुगोस् भनी बजारमा थप आक्रामक तवरवाट बजार विस्तार गर्न बैंकले ग्राहकमैत्री कर्जा सुविधाहरू लिएर आएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

दुवै कर्जा सुविधाहरू आठ दशमलव ८८ प्रतिशत ब्याजदरमा उपलब्ध भएको र धितो मूल्याङनको शत प्रतिशत गरिमा ईजी एसएमई लोनमा लगानी गर्न सकिने छ भने कर्जाको प्रकृति हेरी लागतको शत प्रतिशतसम्म गरिमा इजी होम लोनमा कर्जा प्रवाह गर्न सकिने बैंकले जानकारी दिएको छ ।

साथै अन्य बैंक तथा वित्तिय संस्थाबाट निःशुल्क कर्जा सार्न सकिने र दुवै कर्जाको सेवा शुल्कमा पनि ५० प्रतिशतसम्म छुट सुविधा पाउन सकिनेछ । हाल बैंकले एक सय छवटा शाखा र ५१ एटीएमबाट आफ्ना ग्राहकहरूलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सुविधा दिँदै आइरहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया