Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंक शाखा कार्यालय चिप्लेढुंगाको उद्घाटन

कृषि विकास बैंक शाखा कार्यालय चिप्लेढुंगाको उद्घाटन


काठमाडौं ।
कृषि विकास बैंक लिमिटेडले शाखा कार्यालय चिप्लेढुंगाको उद्घाटन गरेको छ । बैंकले पोखरा महानगरपालिका वडा नं.९ नयाँबजारस्थित आफ्नै स्वामित्वको नवनिर्मित अत्याधुनिक भवनवाट आफ्नो कारोबारको सुरुवात गर्दै यही माघ १७ गतेका दिन एक समारोहका बीच औपचारिक उद्घाटन गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले संयुक्तरूपमा रिबन काटेर उद्घाटन गरेको उक्त कार्यक्रममा सञ्चालक सदस्यहरू झक्कप्रसाद आचार्य, डा. हरिबहादुर केसी, इन्दिरा श्रेष्ठ मास्के, सञ्जिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरागाई विशिष्ट अतिथिको रूपमा रहेका थिए ।

साथै बैंकका कम्पनी सचिव हिमलाल पौडेल, केन्द्रीय तालिम प्रतिष्ठानका तालिम प्रमुख प्रकाश कँडेल, गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक रघुनाथ न्यौपाने, मुख्य शाखा प्रबन्धक माधब रिजाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, फेवा सिटी हस्पिटल पोखराका आर्थिक विभाग प्रमुख डा. ध्रुव अधिकारी, बैंकमा क्रियाशील युनियन नेपाल वित्तीय संस्था कर्मचारी संघका प्रदेश अध्यक्ष बद्रीनारायण पौडेल, कृषि विकास बैंक कर्मचारी संगठन प्रदेश अध्यक्ष भेषराज घिमिरे, बैकका पूर्वनिर्देशक चेतनारायण सापकोटा, होटल पिनाकिनीका प्रबन्ध निर्देशक सुसिला केसी, सेवाग्राहीहरू, बैंकका विभिन्न कार्यालयका वरिष्ठ शाखा प्रमुखहरू, शाखा प्रबन्धकहरू, तथा अन्य कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकको हाताभित्र रहेको एटीएम सेवाको उद्घाटन बैंकका सञ्चालक समितिका सदस्यद्वय झक्कप्रसाद आचार्य र हरिप्रसाद पराजुलीबाट संयुक्तरूपमा भएको थियो ।

कार्यक्रममा अध्यक्षता गरिरहेका बैंक सञ्चालक समितिका अध्यक्ष निरौलाले कृषि क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको तथा यस बैंकबाट सुनदेखि नुनसम्म, हलोदेखि हाइड्रोसम्म लगानी भइरहेको र हाल वित्तीय बजारमा उपलब्ध सम्पूर्ण अत्याधुनिक बैंकिङ सुविधाहरूको उपलब्धता यो बैंकसँग रहेकोले सेवा लिन सम्पूर्णमा आग्रह गर्दै कर्मचारीहरूलाई पनि सेवाग्राहीहरूले चासो लिएका विषय तथा निजलाई उपलब्ध गराउनुपर्ने सेवा सम्बन्धमा समयमा नै छिटो निर्णय दिई सेवामा चुस्तदुरुस्त हुनेगरी अगाडि बढ्न निर्देशन दिए ।

उद्घाटन मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि विकास बैंकको अरुलाई जोड्ने कृषिलाई नछोडने नीति रहेको बताए । उनले विगतदेखि वर्तमानसम्म आइपुग्दा अत्याधुनिक सेवाहरू प्रदान गर्दै हाल प्रचलनमा रहेका बैंकिङ क्षेत्रका सम्पूर्ण प्रोडक्टहरू, बैंकले उपलब्ध गराउँदै आएकोले सेवा गर्ने मौका प्रदान गर्न आग्रह गरे ।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पोखराका सफल व्यवसायी बाबुराम गिरीले आजको प्रतिस्पर्धात्मक बैंकिङ बजारमा कृषि विकास बैंकले उद्योगी, व्यवसायीहरूसँग सहज ढंगले सहकार्य गरी अगाडि बढ्नुपर्ने भनाइ राख्दै कृषि विकास बैंकले पोखराको मुटु महेन्द्रपुल नयाँबजारस्थित आफ्नै भवनमा अत्याधुनिक सेवासहित कार्यक्रम सञ्चालन गर्न सुरुवात गरेकोमा बैंकको प्रगतिका लागि शुभकामना व्यक्त गरे ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया