एनएमबी बैंक र नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायीबीच सम्झौता

काठमाडौं ।
एनएमबी बैंक लिमिटेड र नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघबीच सम्झौता भएको छ । बैंकले संघका सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, संघका सदस्यहरूलाई सहजपूर्ण कर्जा उपलब्ध तथा खाता सञ्चालनसहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्नेगरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
सम्झौतामा बैंकका तर्फबाट लघु, साना तथा मझौला कर्जा र लघुवित्त प्रमुख, बुद्धिकुमार मल्ल र नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका तर्फबाट केन्द्रीय उपाध्यक्ष, कृष्णचन्द्र पौडेलले हस्ताक्षर गरेका छन् ।
एनएमबी बैंक समृद्ध नेपाल निर्माणमा सहभागी हुने लक्ष्यसहित देशको दिगो विकासमा टेवा पु¥याउने क्षेत्रहरूजस्तै साना तथा मझौला उद्योग, कृषि, जलस्रोतलगायत उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । बैंकले हाल देशभरि एक सय ८० शाखा, एक सय ३५ एटीएमहरू, नौ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया