Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजनउत्थान सामुदायिक लघुवित्तले ५२ प्रतिशत लाभांश दिने

जनउत्थान सामुदायिक लघुवित्तले ५२ प्रतिशत लाभांश दिने


काठमाडौं ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षसम्मको खुद मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पुँजी सात करोड ९२ लाख रुपैयाँको ४९ दशमलव ४० प्रतिशतले हुन आउने तीन करोड ९१ लाख २४ हजार आठ सय रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि दुई दशमलव ६० प्रतिशतले हुन आउने २० लाख ५९ हजार दुई सय रुपैयाँबराबरको नगदसहित कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाको यही माघ १९ गते सोमबार बसेको सञ्चालक समितिको एक सय ६४औं बैठकले गरेको लाभांश बितरणसम्बन्धी निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया