Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डूका ग्राहकहरूलाई खल्ती लिंक गर्दा एक सय रुपैयाँ बोनस

बैंक अफ काठमाण्डूका ग्राहकहरूलाई खल्ती लिंक गर्दा एक सय रुपैयाँ बोनस


काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरूले खल्ती डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा एक सय रुपैयाँ बोनसको साथमा सिधै बैंकबाट भुक्तानी सुविधा पाउनेछन् । ग्राहकहरूले बैंक अफ काठमाण्डू लिमिटेडको खातालाई बैंकको मोबाइल बैकिङ सेवामा दर्ता भएको मोबाइल नम्बरबाट पहिलो पटक खल्ती वालेटमा लिंक गर्ना साथ तुरुन्तै एक सय रुपैयाँ बोनस प्राप्त गर्ने सक्नेछन ।

यसरी खाता लिंक गर्दा पहिलो पटक मात्र बोनस सुविधा पाइनेछ । यस बोनस योजनामा बैंक अफ काठमाण्डूको मोबाइल बैंकिङको प्रयोगकर्ताहरूले मात्र सहभागी हुन सक्नेछन् । ग्राहकहरूले आफ्नो बैंक खातालाई खल्ती वालेटमा लिंक गरेपछि उक्त वालेटमार्फत विभिन्न वस्तु तथा सेवाहरूको खरिद गर्न सक्नेछन् ।

साथै, बैंकका ग्राहकहरूले वस्तु तथा सेवा खरिदपछि सिधै बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् । बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया