Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता

नेपाल बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता


काठमाडौं ।
नेपाल बैंक लिमिटेड र आगन्तुक रिसोर्टबीच सम्झौता भएको छ । मंगलबार नेपाल बैंक र बनेपा–६ भ्यूटावर मार्ग गोसाइँस्थानस्थित आगन्तुक रिसोर्टबीच उक्त रिसोर्टमा बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले डेबिट, क्रेडिट, अन्य प्रिभिलेज कार्ड, मोबाइल, इन्टरनेट बैंकिङलगायतका डिजिटल माध्यममार्फत एकोमोडेसन तथा फुड एण्ड विभरेजको बिल भुक्तानी गर्दा अधिकतम १५ प्रतिशतसम्मको छुट दिने सम्झौता भएको हो ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र रिसोर्टको तर्फबाट प्रबन्ध निर्देशक हरि नेपालले हस्ताक्षर गरेका हुुन् । बैंकले हाल देशभर रहेका दुुई सय चारवटा शाखा, ३९ वटा एक्स्टेन्सन काउन्टर, एक सय ४२ वटा एटीएम तथा मोबाइल, इन्टरनेट बैंकिङलगायतका विभिन्न डिजिटल माध्ययमबाट समेत आफ्नो बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया