Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक २४ सय ७५ दशमलव २६ बिन्दुमा

बजार परिसूचक २४ सय ७५ दशमलव २६ बिन्दुमा

सातामा ४१ अर्ब ६६ करोड ६४ लाखको सेयर खरिदबिक्री


काठमाडौं ।
यस साता सेयर बजार परिसूचक २४ सय ७५ दशमलव २६ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५४ दशमलव दुई अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय छवटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार चार लाख एक हजार तीन सय ७७ पटकको कारोबारमा आठ करोड ५६ लाख चार हजार सात सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ४१ अर्ब ६८ करोड ६४ लाख तीन हजार पाँच सय ५५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा सामान्यरूपमा कम हो ।

गत साता भने धितोपत्र बजारमा दुई सय नौवटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुसार तीन लाख ५७ हजार पाँच सय ९९ पटकको कारोबारमा नौ करोड ५७ लाख १४ हजार तीन सय ३१ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम ४४ अर्ब ४६ करोड ३९ लाख ९१ हजार पाँच सय ९६ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेकोमा पहिलो र चौथो दिन बजार परिसूचक ओरालो लागेको थियो भने बाँकी दिनहरूमा भने बजार परिसूचक उकालो लागेको थियो ।

जसअनुसार पहिलो दिन बजार परिसूचक ५४ दशमलव ७५ अंकले ओरालो लागेर २३ सय ७० अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव ७३ अंकले ओरालो लागेर चार सय ३२ दशमलव ३३ अंकमा झरेको थियो । दोस्रो दिन भने बजार परिसूचक ३७ दशमलव सात अंकले उकालो लागेर दुई हजार चार सय आठ दशमलव २४ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने चार दशमलव ९५ अंकले उकालो लागेर चार सय ३७ दशमलव २८ अंकमा चढेकोे थियो । तेस्रो दिन पनि बजार परिसूचक ६४ दशमलव ४९ अंकले उकालो लागेर दुई हजार चार सय ७३ दशमलव ७३ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव एक अंकले उकालो लागेर चार सय ५१ दशमलव ३८ अंकमा चढेको थियो ।

चौथो दिन भने बजार परिसूचक छ दशमलव ८१ अंकले ओरालो लागेर दुई हजार चार सय ६६ दशमलव ९२ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ९२ अंकले उकालो लागेर चार सय ५२ दशमलव २९ अंकमा चढेको थियो । अन्तिम कारोबार दिन भने बजार परिसूचक आठ दशमलव ३४ अंकले उकालो लागेर २४ सय ७५ दशमलव २६ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६८ अंकले उकालो लागेर चार सय ५४ दशमलव दुई अंकमा चढेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेपाल पुनर्बीमा कम्पनी, ग्लोबल आईएमई बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल दूरसञ्चार कम्पनी आदि परेका छन् । सेयर कारोबार भएको संख्याको आधारमा भने यस साता ग्लोबल आईएमई बैंक, सेञ्चुरी कमर्सियल बैंक, सिभिल बैैंक, नेपाल बैंक, प्रभु बैंक आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् ।

नेप्सेका अनुसार यस साता सानिमा बैंकको १० प्रतिशत अर्थात् ८८ लाख एक हजार तीन सय ८० कित्ता बोनस सेयर सेयर, समृद्धि फाइनान्सको चार लाख ३० हजार छ सय ३९ कित्ता हकप्रद सेयर, नेपाल फइनान्सको एक सय २५ प्रतिशत अर्थात् १६ लाख ९७ हजार पाँच सय छ दशमलव २५ कित्ता हकप्रद सेयर, चिलिमे हाइड्रोपावर कम्पनीको १० प्रतिशतको अनुपातमा ५७ लाख नौ हजार सात सय ६२ दशमलव २५ कित्ता बोनस सेयर र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ९६ लाख ६० हजार नौ सय ९७ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया