Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमिट लघुवित्तको नाफा चार करोड २४ लाख

समिट लघुवित्तको नाफा चार करोड २४ लाख


काठमाडौं ।
समितट लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा चार करोड २४ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ३३ लाख ७८ हजार रुपैैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ३९ करोड ३३ लाख रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब पाँच करोड ५० लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ४० करोड ३४ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ करोड ८८ लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ८१ करोड चार लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ६९ करोड ३५ लाख तीन हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ९९ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ८२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया