Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु क्यापिटलको ‘एट टु एट’ सेवा

प्रभु क्यापिटलको ‘एट टु एट’ सेवा


काठमाडौं ।
प्रभुु क्यापिटल लिमिटेडको ‘एट टुु एट’ सेवा सञ्चालनमा आएको छ । कम्पनीले आफ्ना ग्राहकहरूलाई नियमित कार्यालय समयबाहेक विहान र साँझको अतिरिक्त समयमा समेत डिम्याट खातासम्बन्धी सेवा प्रदान गरी डिम्याट खातासम्बन्धी सेवालाई अझ प्रभावकारी बनाउने अभिप्रायले यही माघ २५ गते आइतबारदेखि सार्वजनिक बिदा र शनिबारको दिनबाहेक हरेक दिन लागू हुनेगरी बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सेवा सुरु गर्न लागेको हो ।

विहान ८ बजेदेखि नियमित कार्यालय समय १० बजेसम्म र साँझ ४ बजेपछि बेलुकी ८ बजेसम्म एट टुु एट सेवा सञ्चालन गरेको कम्पनीले जानकारी दिएको छ । यसअन्तर्गत ग्राहकहरूले डिम्याट खाता खोल्ने, मेरो सेयर खाता खोल्ने, डिम्याट र मेरो सेयर खाता नवीकरण गर्ने, मेरो सेयरको पासवर्ड रिसेट गर्ने, भौतिक सेयरलाई अभौतिकीकरण कार्य गर्ने, बैंक खातालगायत डिम्याटका विवरणहरू अद्यावधिक गर्ने, राफसाफको लागि डीआईएस लिने, सेयर रोक्का राख्ने कार्य, आदि गर्न सक्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया