Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकको शाखा धनुषाको ढल्केबरमा

ग्लोबल आईएमई बैंकको शाखा धनुषाको ढल्केबरमा


काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडले धनुषा जिल्लाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच धनुषा जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्तरूपमा नयाँ शाखाको उद्घाटन गरेका हुन् । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरूको संख्या दुई सय ६८ पुगेको छ ।

शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले नेपाल सरकार तथा नियामक निकायको नीति तथा कार्यक्रमहरूलाई पालना गर्दै आफ्नो सेवालाई विस्तार गरेको बताए । ‘सबैका लागि बैंक’ भन्ने मूल नारालाई चरितार्थ गर्दै बैंकले मुलुकका ७४ वटा जिल्लाबाट सेवा प्रदान गर्दै आएको बताउँदै उनले बैंकिङ सेवाको पहुँचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भएसम्म शाखा विस्तार गर्दै वा शाखारहित बैंकिङ सेवाका माध्यमबाट सेवा प्रदान गर्ने बताए ।

उनले बैंकले अबका दिनमा थप सबल र सक्षम बन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ सेवा प्रदान गर्ने बताए । प्रमुख जिल्ला अधिकारी बास्तोलाले ग्लोबल आईएमई बैंक मुलुककै एक उत्कृष्ट बैंकको रूपमा स्थापित हुनेगरी काम गर्न सुझाव दिए । कार्यक्रममा मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष तेजनारायण साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साह, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदार, थाहा उद्योग वाणिज्य संघका अध्यक्ष दिनेशकुमार श्रेष्ठ तथा मिथिला नगरपालिका वडा नं. ६ का अध्यक्ष भक्तबहादुर बलम्पाकीलगायत विभिन्न राजनितिक दलका प्रतिनिधि, स्थानीय व्यवसायी, बैंकका कर्मचारी, पत्रकार तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले देशका ७४ जिल्लामा फैलिएको दुई सय ६८ शाखा सञ्जालसहित दुई सय ४० एटीएम, ४७ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, दुई सय ४५ शाखारहित बैंकिङ सेवा र तीनवटा अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २२ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

स्मार्ट च्वाइस टेक्नोलोजिज र ग्लोबल आईएमई बैंकबीच सम्झौता
स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले बैंकिङ क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ पहुँच सजिलै पु-याउने उद्देश्यले विकास गरेको ओम्नी च्यानल डिजिटल बैंकिङ सोलुसन्समार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा ग्लोबल आईएमई बैंक लिमिटेड र एससीटीबीच औपचारिक सम्झौता सम्पन्न भएको छ ।

एससीटीले गहन अध्ययन र अनुसन्धान गरी विगत दुई वर्षको अनवरत प्रयत्नबाट विकास गरेको तथा करिब तीन महिना आन्तरिकरूपका सफल परीक्षणपश्चात् सञ्चालनको अवस्थामा ल्याइएको यस उपकरणमा मोबाइल बैंकिङ, ई–बैंकिङ, सेल्फ बैंकिङ, स्मार्ट क्यूआर र कार्डमार्फत दिने सेवा एउटै प्लाटफर्मबाट उपलब्ध हुनेछन् । यसबाट ग्लोबल आईएमई बैंकका ग्राहकलाई विविध आवश्यकताबमोजिम छिटो/छरितो, मितव्ययी र सरल ढंगले बैकिङ सेवा र सुविधाहरूको पहुँच हुनेछ ।

साथै, बैंकले यस आधुनिक उपकरणको सेवालाई छिटै नै ग्राहकहरूको बीच सञ्चालनमा ल्याउनेछ । परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्द्धन गर्ने स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको लक्ष्यबमोजिम बैंक तथा वित्तीय संस्थाहरूलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउँदै आएको छ । डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैंकिङ क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता माग पूरा गर्न यसप्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुवै कम्पनीहरूले लिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया