Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार

कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार


काठमाडौं ।
कृषि विकास बैंकले सिद्धार्थनगर र मझगाँवामा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार भिम अस्पताल भैरहवाको परिसरमा रहेको एटीएम मेसिनको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय तथा रूपन्देही जिल्ला समन्वय समितिका प्रमुख एकराज विकले सयुक्तरूपमा समुदघाटन गरेका हुुन् ।

सोही अस्पतालकी मेसु डा. सकुन्तला गुप्ता, बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी, विभागीय प्रमुख निर्मलप्रसाद उपाध्याय, प्रदेश कार्यालय भैरहवाका निर्देशक जगदिश्वर पन्थीलगायत सामाजिक व्यक्तित्व, बैंक, अस्पतालका कर्मचारी, ग्राहक र सेवाग्राहीको उत्साहजनक उपस्थिति रहेको थियो । सो अवसरमा कृषि विकास बैंंक शाखा सिद्धार्थनगरका प्रबन्धक बाबुराम खत्रीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा भिम अस्पताल भैरहवाकी मेसु डा. सकुन्तला गुप्ताले आफ्नो मन्तव्यका क्रममा साइकल, ठेलागाडा, रिक्सामा बिरामी ल्याउने निम्न आयस्तर भएका जनताको सेवा गरिरहँदा अस्पतालको आन्तरिक स्रोतले आधुनिक उपकरणहरू खरीद गर्न नसकिएको अवस्थामा कृषि विकास बैंकले भिम अस्पताल भैरहवालाई सामाजिक उत्तरदायित्वअन्तर्गत डिजिटल एक्स रे मेसिन हस्तान्तरणले यस अस्पतालको सेवामा महत्वपूर्ण योगदान पुगेको बताउँदै बैकलाई धन्यवाद दिएकी थिइन् ।

सोही कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत चितवनका दुुईवटा अस्पताल, बुटवल, जुम्ला, धनगढीको गेटालगायत देशका विभिन्न अस्पतालहरूलाई प्राविधिक तथा भौतिक सहयोगहरू गर्दै आइरहेको बताए ।

जनतालाई प्रत्यक्ष्य सहयोग पुग्ने क्षेत्रमा सहयोग गर्न बैंक अग्रसर रहेको छ र यस्ता कार्यक्रमलाई अगामी दिनमा समेत निरन्तरता दिइने छ भन्दै उनले बैंकबाट प्रदान गरिएका आधुनिक सेवाहरूलाई परिस्कृत गर्ने सन्दर्भमा एटीएम मेसिन, क्यूआर कोठ, मोबाइल बैंकिङलाई प्राथमिकता दिँदै आइरहेको छ यसलाई पूर्ण उपयोग गर्नका लागि सबैलाई अनुरोध समेत गरे । साथै किसानको हितको लागि बैंकले किसान कार्ड ल्याउने तयारीमा रहेको प्रमुख कार्यकारी अधिकृत उपाध्यायले जानकारी दिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया