कर्मभूमि समाज र सिटिजन्स बैंकबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्ने सम्झौता

काठमाडौं ।
कर्मभूमि समाज र सिटिजन्स बैंक इन्टरनेसनलबीच कर्मभूमि समाजले सिफारिस गरेका व्यवसायहरूमा कर्जा लगानी गर्ने सम्झौता भएको छ । देशमा उद्यमशीलता प्रवर्द्धन गरी गरिबी निवारण तथा विपन्न क्षेत्रलाई माथि उकास्ने काममा क्रियाशील कर्मभूमि समाज र सिटीजन्स बैंकबीच साना, मझौला उद्यम (एसएमईज), व्यावसायिक कृषि र पशुपालन कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केकालाई परियोजना कर्जा, सहुलियतपूर्ण महिला उद्यमशीलता कर्जा र दलित समुदाय उद्यमशीलता कर्जा प्रदान गर्ने सहमति भएको हो ।
कर्मभूमि समाजले कर्जाको आवश्यकता रहेका उद्यमी, व्यवसायी पहिचान गरी ऋण लिनेका तर्फबाट बैंकको आवश्यकताअनुसारका कागजात, प्रस्ताव बैंकसमक्ष पेश गर्नेछ । कागजातहरूको पहिलो चरणको जाँचबुझ समाजले गर्नेछ । समाजले नेपाल राष्ट्र बैंकको निर्देशिकाले तोकेबमोजिम सर्तहरू पालना गरी कर्जाका लागि ऋणग्राहीका तर्फबाट उक्त कागजातहरू पेश गर्नेछ । ऋण लिने पक्ष र बैंकबीचको पुलको रूपमा समाजले ऋण लिने पक्षका क्रियाकलापहरू नजिकबाट अनुगमन गरी सहजकर्ताको भूमिका निर्वाह गर्नेछ ।
ऋण लिने पक्षका नाममा कर्जा बुकिङ गर्दा समाजको सिफारिसमा भएको हुनेछ । तर कर्जा प्रवाह गर्दा बैंकले आफ्नो आन्तरिक कार्यविधि, जोखिम मूल्यांकन, नेपाल राष्ट्र बैंकको निर्देशिका तथा आफ्नो विवेक प्रयोग गर्ने सम्पूर्ण अधिकार बैंकमा निहित रहेको हुन्छ । कर्जा भुक्तानीको प्राथमिक दायित्व ऋणीको हुनेछ । कर्मभूमि समाजले कर्जाको भुक्तानी सेड्युलअनुसार साँवा, ब्याज तथा शुल्क भुक्तानीमा पूर्णरूपमा सहयोग गर्नेछ । नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसार ब्याजदर र जोखिमबापतको शुल्क बैंकले निर्धारण गर्नेछ र राष्ट्र बैंकको निर्देशनअनुसार यो परिवर्तन हुन सक्नेछ ।
उक्त सम्झौतापत्रमा कर्मभूमि समाजका तर्फबाट कार्यकारी सल्लाहकार राजेन्द्र काफ्ले र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् । हात्तीवन–१५ ललितपुरमा अवस्थित कर्मभूमि समाजले हातमा सीप भएकाहरूलाई उद्यमशील बनाउन बैंक तथा वित्तीय संस्थामार्फत वित्तीयकरण सुविधा उपलब्ध गराउन मध्यस्थकर्ताको काम गर्दै आएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया