Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डूका ग्राहकहरूलाई डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसमा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरूलाई डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसमा १० प्रतिशत छुट


काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेड र डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकहरूलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौतापश्चात् ग्राहकहरूले डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसको सेवाहरू उपभोगबापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मूल्यको १० प्रतिशत छुट पाउनेछन् ।

डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसले रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले हाल ९० शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया