Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

ग्लोबल आईएमई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता


काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेड र सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीबीच बैंकका ग्राहकवर्गलाई छुट प्रदान गर्नको लागि सम्झौता भएको छ । सम्झौता बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बिक्री तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ग्लोबल आईएमई बैंकका कर्मचारी एवं डेबिट, क्रेडिट, प्रिभिलेज कार्डबाहक ग्राहकवर्गले सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीमा उपलब्ध आवास तथा खाना, पेय पदार्थमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई लावान्भित गर्दै आएको छ ।

बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले सातवटै प्रदेश तथा ७४ जिल्लामा बैंकको दुई सय ६८ शाखा, दुुई सय ४२ एटीएम, दुई सय ४५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया