Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बंगलादेश बैंकको ‘किसान कृषि लोन कार्ड’ योजना

नेपाल बंगलादेश बैंकको ‘किसान कृषि लोन कार्ड’ योजना


काठमाडौं ।
मकवानपुरगढी गाउँपालिकास्थित कृषकहरूले पशुपालन, पन्छीपालन तथा तरकारी फलफूल उत्पादनमूलक कृषि व्यवसाय, उद्यम गर्नका निमित्त आवश्यक वित्तीय, प्रावधिक, बजार व्यवस्थापन तथा विभिन्न भूमिका समन्वय गरी साना स्तरका कृषकलाई व्यावसायिक कृषिमा व्यवस्थित गर्ने उद्देश्यले नेपाल बंलादेश बैंक लि., आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालि मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समान्वय समितिबीच सहकार्य गरी किसान कृषि लोन कार्डको योजना ल्याएको छ ।

सम्झौता नेपाल बंलादेश बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंह, आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालिको तर्फबाट सुनिता न्हेम्हाफुकी, मकवानपुरगढी गाउँपालिकाको तर्फबाट गाँउपालिका अध्यक्ष विदुर हुमागाई र मकवानपुरगढी गाउँपालिका सहकारी समान्वय समितिका सहसंयोजक कल्पना श्रेष्ठले चौपक्षीय सम्झौता गरेका थिए । हालसम्म बैंकले ९९ शाखा, सात एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको कुरा पनि जानकारी गराएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया