मेरो लघुुवित्तद्वारा शिविर सञ्चालन
काठमाडौं, पुस २२
मेरो लघुुवित्त वित्तीय संस्थाले स्वास्थ शिविर सञ्चालन गरेको छ । संस्थाले सिराहाको गोलबजारमा एक दिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको हो । धनगढीमाई नगरपालिका कसाहामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आयोजनामा उक्त शिविर सम्पन्न गरेको हो । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था अनुगमन कार्यालय असनपुरका साथै आरके मेडिसिटी, धनगढीमाई नगरपालिका वडा नं. ६, ७ र ८ को संयुक्त आयोजनामा भएको शिविरमा तीन सयभन्दा बढीले लाभ लिएको मेरो माइक्रोफाइनान्सका अनुगमन अधिकृत सागर भण्डारीले जानकारी दिए ।
एकदिने स्वास्थ्य शिविरमा निशुल्क होलवडी चेकअप, स्तन तथा पाठेघरसम्बन्धी विभिन्न रोगहरूको टेष्ट गर्नुका साथै औषधि वितरण गरिएको भण्डारीले जानकारी दिए । शिविरमा नगरपालिकाका वडाध्यक्षहरूले एकदिने स्वास्थ्य शिविर आयोजनाले गरिब तथा विपन्न परिवारहरू लावान्भित भएको बताएका छन् । सो अवसरमा जनस्वास्थ्यसँग सम्बन्धित यस्ता कार्यक्रमहरूको आयोजनाले निरन्तरता पाउँदै जाने समेत बताए । आफ्नो वडाहरूले जनजीवनसँग सम्बन्धित यस्ता कार्यक्रमहरूमा साथ, सहयोग रहने बताएका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया