Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रसाइँ नियुक्त

नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रसाइँ नियुक्त


काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । सञ्चालक समितिको माघ २७ गते मंगलबार बसेको तीन सय १५औं बैठकले कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति स्वीकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ । सञ्चालक समितिले उहाँको नियुक्तिसँगै कम्पनीले नयाँ उचाइ लिने विश्वस व्यक्त गरेको छ ।

विगत तीन दशमलव पाँच वर्षदेखि नेपाल लाइफसँग आबद्ध रहेका प्रसाईले साउन एक गतेदेखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । प्रसाईले यसअघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्ष लामो अनुभव सम्हालेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया