Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको १५औँ वार्षिक साधारणसभा

राष्ट्रिय वाणिज्य बैंकको १५औँ वार्षिक साधारणसभा


काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १५औं वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट बुधबार सम्पन्न भएको छ । साधारणसभाले चार दशमलव ५० प्रतिशत लाभांशसहितको आव २०७६/७७ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष शर्माले कोभिड १९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए । कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै भर्चुअल माध्यमबाट सेयरधनीहरूको साधारणसभामा उपस्थिति रहेकोे थियो ।

साधारणसभामा बैंकका सेयरधनीहरू क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण सेयरधनीहरूको प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो ।

अध्यक्ष शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि सेयरधनीहरू अमृतनाथ रेग्मी, डम्मरु बल्लभ घिमिरे, रामगोपाल महर्जन र सुन्दरमान श्रेष्ठले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझावसहितको धारणा राखेका थिए । सो टिप्पणी एवं जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माले जवाफ दिएका थिए ।

सभामा बैंक सञ्चालक समितिका सदस्यहरू जनककुमार बराल, प्राडा राजनबहादुर पौडेल, प्राडा माधवप्रसाद दाहाल, रोमिला ढकाल उप्रेती तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनालाको उपस्थिति रहेको थियो ।

साधारणसभामा महालेखापरीक्षकको कार्यालय र कम्पनी रजिष्टारको कार्यालयका प्रतिनिधि, बैंकका कानुनी सल्लाहकारहरू, बैंकभित्र क्रियाशील ट्रेड युनियका अध्यक्ष तथा पदाधिकारीहरू, आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । साधारणसभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गरेका थिए । बैंकको हाल ७७ जिल्लामा दुई सय ४५ वटा शाखा कार्यालय, दुई सय पाँच वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया