Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी बैंकद्वारा ‘माइ मोबाइल मनि’ भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक

लक्ष्मी बैंकद्वारा ‘माइ मोबाइल मनि’ भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक


काठमाडौं ।
लक्ष्मी बैंकले आयोजना गरेको ‘माइ मोबाइल मनि’ भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ । एक नौलो र फरक प्रकारको यो प्रतियोगिता लक्ष्मी बैंकको दोस्रो क्राउड सोर्सिङ प्रतियोगिता हो । यसअघि बैंकले ‘माइ कार्ड आइडिया’ नामक प्रतियोगिता आयोजना गरेको थियो जसमा सहभागीहरूले बैंकको डेबिट कार्डको लागि विभिन्न प्रकारका डिजाइन पेसगर्ने गरी विजयी भएको डिजाइन हाल पनि लक्ष्मी बैंकका डेबिट कार्डहरूमा प्रयोग हुँदै आएको छ ।

माइ मोबाईल मनि प्रतियोगितामा भने पाँचवटा विभिन्न शीर्षकमा रहेको र सहभागीहरूले प्रत्येक शीर्षकमा तीन मिनेटसम्मको एक÷एक गरी कुल पाँचवटासम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो । यस व्यवस्थाअन्तर्गत सहभागीहरूले प्रत्येक शीर्षकमा ५० हजार गरी कुल दुुई लाख ५० हजारसम्म जित्ने अवसर रहेको थियो । सो प्रतियोगितामा विभिन्न क्षेत्रहरूबाट दुई सय ५० भन्दा बढी भिडियोमार्फत उत्साहजनक सहभागिता रहेको थियो ।

साथै पहिलो शीर्षकमा भने दुई भिडियोहरूबीच बराबर भई दुईवटै भिडियो बिजेता भएका छन् । प्रतियोगितामा प्राप्त भिडियोहरूबाट रचनात्मकता तथा कथावस्तु, कार्यान्वयन र प्रासङ्गिकताका आधारमा विजयी भिडियोको निर्णय लिइएको थियो ।
बैंकका अनुसार पुरस्कृत हुुनेहरूमा बिल भुक्तानी एकलकेशस दंगल, विराटनगर र मन्दिप बखुन्छे, भक्तपुर, बिल भुक्तानी दुई विकास त्रपाठी, पोखरा, कार्ड सेवा सन्तोश शाक्य, काठमाडौँ, कार्डरहित नगद निस्काषन भुवन तिवारी, भरतपुर, नगद ट्रान्स्फर छेवाङ गुरुङ, मुस्ताङ रहेका छन् ।

प्रतियोगिताबारे निर्णायकमण्डलको राय यसप्रकार रहेको छः  यो प्रतियोगिताको निर्णायकका रूपमा मेरो अनुभव सुखद रह्यो । प्रतियोगी भिडियोहरू रचनात्मक र मौलिक हुनुको साथै बैंकको ब्राण्ड झल्काउने खालका थिए । विजेता र सम्पूर्ण सहभागीलाई हार्दिक बधाई दिन चाहन्छु । रम्यता लिम्बु, फेस्टिभल निर्देशक, काठमाडौं इन्टर्नेसनल फिल्म फेस्टिभल प्रतियोगी भिडियोको स्तर तथा प्रतियोगीको पूर्वतयारी आश्चर्यजनक थियो । विजेता र सहभागी सबैलाई हार्दिक बधाई दिन चाहन्छु । साथै यस्तो उत्कृष्ट अभियानका लागि बैंकलाई धन्यवाद दिन चाहन्छु ।

शेखर क्षेत्री, म्यानेजिङ डिरेक्टर, भिचित्र एडभर्टाइजिङ  बैंकले सो प्रतियोगिताक सबै विजेताहरूलाई बधाई दिँदै यो प्रतियोगिता सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहभागिहरूलाई धन्यवादज्ञापन गरेको छ । साथै यसप्रकारका नयाँ र रमाइला प्रतियोगिताहरू भविष्यमा पनि लिएर आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया