Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डूले ‘भ्यालेन्टाइन डे’को अवसरमा गरगहना खरिदमा किस्ता छुट दिने

बैंक अफ काठमाण्डूले ‘भ्यालेन्टाइन डे’को अवसरमा गरगहना खरिदमा किस्ता छुट दिने


काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना क्रेडिट कार्डवाहक ग्राहकहरूलाई ‘भ्यालेन्टाइन डे’ को अवसरमा गरगहना खरिदको लागि मासिक किस्तामा छुट सुविधा ल्याएको छ । सामान्यतया भ्यालेन्टाइन डेमा आफूलाई मन पराउने मायालुलाई उपहार स्वरूप विभिन्न गरगहनाहरू दिने चलन चल्दै आइरहेको छ । यसै अवसरलाई मध्यनजर गर्दै बैंक अफ काठमाण्डू लिमिटेडले बालाजी डाइमण्ड, विशाल बजार र बालाजी डाइमण्ड एण्ड ज्वैलर्स, लबिम मलसँगको सहकार्यमा ग्राहकहरूलाई गरगहना खरिदको लागि मासिक किस्ता सुविधा ल्याएको छ ।

बैंकका अनुसार यो सुविधामा ग्राहकहरूले ४० हजारदेखि पाँच लाख रुपैयाँसम्मको गरगहना खरिद गर्न सक्नेछन् । साथै, यस योजनाबाट गरगहना खरिद गर्ने ग्राहकहरूले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्न सक्नेछन् र १२ महिनाको भुक्तानी अवधिमा ग्राहकहरूलाई दुुई महिनाको किस्ता छुट हुने बैंकले जनाएको छ । बैंकले हाल ९० शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया