Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकको नयाँ शाखा सिराहाको सुखीपुरमा

ग्लोबल आईएमई बैंकको नयाँ शाखा सिराहाको सुखीपुरमा


काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेडले सिराहा जिल्लाको सुखीपुर नगरपालिका वडा नं. ८, सुखीपुर बजारमा नयाँ शाखा विस्तार गरेको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरूको संख्या दुई सय ६९ पुगेको छ ।

बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले सातवटै प्रदेश तथा ७४ जिल्लामा दुई सय ६९ शाखा, दुुई सय ४२ एटीएम, दुई सय ४५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ । सबैंका लागि बैंक भन्ने नारालाई सार्थकता दिँदै बैंकले २२ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया