Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकद्वारा अस्पताललाई ‘बेबी वार्मर’ सहयोग

ज्योति विकास बैंकद्वारा अस्पताललाई ‘बेबी वार्मर’ सहयोग


काठमाडौं ।
ज्योति विकास बैंकले दुुईवटा अस्पताललाई बेबी वार्मर सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धीहाम्रो विकास प्रवद्र्धन कोषबाट प्राथमिक स्वास्थ्य केन्द्र रामगोपालपुर नगरपालिका वडा नं. ५ महोत्तरी, आम्दा अस्पताल दमक नगरपालिका वडा नं. ०२ झापा र जिल्ला अस्पताल दिक्तेल, खोटाङलाई एक÷एक थान बेबी वार्मर सहयोग गरेको हो ।

प्राथमिक स्वास्थ्य केन्द्र आम्दा अस्पताल र जिल्ला अस्पताल खोटाङमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरूपमा सो बेबी वार्मर प्रदान गरिएको हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ । प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट प्रदेश नं २ र मकवानपुर जिल्ला क्षेत्रका क्षेत्रीय कार्यालय प्रमुख मोहनराज गिरी, बैंकका रामगोपालपुर शाखाका शाखा प्रबन्धक भुवन धमला र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सञ्जयबहादुर सिंहद्वारा संयुक्तरूपमा प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख निहारकुमार दासलाई सो बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो ।

आम्दा अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट प्रदेश नं. १ क्षेत्रका क्षेत्रीय कार्यालय प्रमुख प्रेमश्वर शाक्य, बैंकका दमक शाखाका शाखा प्रबन्धक सञ्जय आचार्य र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सञ्जयबहादुर सिंहद्वारा संयुक्तरूपमा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश शर्मा, सिनियर कन्सल्टेन्ट डा. नबिन ढकाल, अस्पतालका प्रशासक श्री सुमनकुमार नेपाललगायत अस्पतालका विभिन्न पदाधिकारीहरूको उपस्थितिका बीच सो बेबी वार्मर औपचारिकरूपमा हस्तान्तरण गरिएको हो ।

जिल्ला अस्पताल खोटाङको प्रांगणमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका दिक्तेल शाखाका शाखा प्रबन्धक रोहित दाहाल र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सञ्जयबहादुर सिंहद्वारा संयुक्तरूपमा जिल्ला अस्पताल खोटाङका अस्पताल प्रशासन प्रमुख रविन फुयाँललाई सो बेबी वार्मर औपचारिकरूपमा हस्तान्तरण गरिएको थियो ।

नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट प्राथमिक स्वास्थ्य केन्द्र रामगोपालपुर,आम्दा अस्पताल दमक र जिल्ला अस्पताल खोटाङमा प्रसूति सेवा लिन आउने प्रत्यक्षरूपमा लाभान्वित हुनेछन्।सो कार्यक्रमको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट पीपीई र फेस शिल्डजस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्री समेत अस्पताललाई प्रदान गरिएको थियो ।

बैंकले हाम्रो विकास प्रवर्द्धन कोषमार्फत राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल कपिलवस्तु, मध्यबिन्दु जिल्ला अस्पताल नवलपुर, महाकाली अञ्चल अस्पताल, कञ्चनपुर र प्युठान जिल्ला अस्पताल, बिजुवार प्युठानलाई एक एक थान बेबी वार्मर प्रदान गरी हालसम्म जम्मा सातवटा बेबी वार्मर प्रदान गरिसकेको छ ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्षरूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरू गर्दै आएको छ । बैंकले १२औँ वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवद्र्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा न्यानो नानी बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरूलाई हस्तान्तरण गर्ने सहकार्यका लागि आठ लाख प्रदान गरेको थियो ।

बैंकले हाल एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले तीन लाखभन्दा बढी खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढी ऋणीहरूलाई करिब ३७ अर्ब लगानी गर्न सफल भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया