Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर नेप्सेमा सूचीकरण

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर नेप्सेमा सूचीकरण


काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ कायम भएको २० करोड कित्ता सेयर सूचीकरण गर्ने सम्झौता भएको छ । बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत आठ करोड कित्ता सेयर सर्वसाधारण, कर्मचारीहरू र सामूहिक लगानी कोषका लागि बिक्री खुला आह्वान गरेको र बैंकका संस्थापकहरूले लगानी गरेको १२ करोड कित्ता सेयर समेत गरी जम्मा २० करोड कित्ता सेयर वितरण भई नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण भएको छ ।

सम्झौतामा नेपाल स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच सम्झौता भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेञ्जमा बैंकको धितोपत्र एनआईएफआरएको कोडबाट दोस्रो बजारमा कारोबार सुरु हुनेछ । बैंकले सेयर सूचीकरणपश्चात् दिनुपर्ने सेयर रजिष्टार (आरटीएस) सेवाको लागिग्लोबल आईएमई क्यापिटल लिमिटेड नक्साल, काठमाडौँँलाई नियुक्त गरिसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया