Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहुली सामुदायिक लघुवित्तले २१ दशमलव पाँच प्रतिशत लाभांश वितरण गर्ने

महुली सामुदायिक लघुवित्तले २१ दशमलव पाँच प्रतिशत लाभांश वितरण गर्ने


काठमाडौं ।
महुली लघुवित्त वित्तीय संस्थाले हाल कायम रहेको चुक्ता पुँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँमध्येबाट २१ दशमलव पाँच प्रतिशत अर्थात् तीन करोड ९२ लाख ८५ हजार पाँच सय १० रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाका अनुसार घोषित लाभांशमध्येमा २० प्रतिशत अर्थात् तीन करोड ८३ लाख २४ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव पाँच प्रतिशत अर्थात् १९ लाख ५९ हजार पाँच सय १० रुपैयाँबराबरको नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको पछिल्लो पटक बसेको एक सय १३औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया