Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको जेन–जेड बचत खाता

सिद्धार्थ बैंकको जेन–जेड बचत खाता


काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले नयाँ पुस्तालाई लक्षित गर्दै सिद्धार्थ जेन–जेड नामक बचत खाता सञ्चालनमा ल्याएको छ । यस बचत खाता इसं १९९५ र सोभन्दा पछि जन्मिएका ग्राहकहरूले शून्य मौज्दातमै खोल्न सक्नेछन् । यो खाता नाबालकको हकमा पनि खोल्न सकिनेछ ।

सिद्धार्थ जेन–जेड बचत खाता ग्राहकहरूको माझ बचत सँगसँगै सहज तथा सरल बैैंकिङको अनुभुति गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको अनलाइनमार्फत पनि खोल्न सकिने, आकर्षक ब्याजदरसहितको सुविधासम्पन्न प्रिमियम बचत खाता हो । यस खातामा पाँच लाख रुपैयाँसम्मको पूर्ण शारीरिक अशक्तता, दुर्घटना मृत्युबीमा सुविधा समेत प्रदान गरिनेछ । बीमा सुविधा दाबी गर्नका लागि भने ग्राहकहरूको खातामा न्यून्तम मौज्दात १० हजार रुपैयाँ हुनुपर्नेछ ।

बैंकका अनुसार यो खाता खोल्ने ग्राहकहरूले डेबिट कार्ड (पहिलो २ वर्षका लागि), क्रेडिट कार्ड (पहिलो १ वर्षका लागि) इन्टरनेट बैैंकिङ (पहिलो २ वर्षका लागि), मोबाइल बैैंकिङ (पहिलो २ वर्षका लागि), डिम्याट, मेरो सेयर, सिआस्वा (पहिलो २ वर्षका लागि), एसएमएस अलर्ट, बैंक स्मार्टमा आईपीओ, एफपीओ, हकप्रद सेयर, म्युचल फन्ड अलर्ट, भाइबर बैैंकिङ, एबीबीएस्, खाताको स्टेटमेन्ट, ई–कमर्स कारोबार (नेपालभित्रको लागि मात्र) र कनेक्ट आईपीएस दर्तालगायतका सुविधाहरू पाउनेछन् । साथै यस बचत खातामा डिमान्ड ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, शैक्षिक कर्जाको प्रशासनिक शुल्कमा शून्य दशमलव २५ प्रतिशत छुट र सिद्धार्थ बैंक स्मार्ट एपमार्फत पहिलो रिचार्ज गर्दा पाँच प्रतिशत छुटको सुविधाहरू रहेका छन् । बैंकले ल्याएको यस खातामा अधिकतम सुविधाहरू समावेश गरिएको छ । यो योजनाले युवा वर्गहरूलाई बचत सँगसँगै प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध हुने विश्वास बंैकले लिएको छ ।

बैंकले आफ्नो सबै सर्भिस आउटलेटहरू तथा एक्स्टेन्सन काउन्टरहरूबाट छिटो, छरितोरूपमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यसै गरी सजिलो बैंकिङ सेवा, एटीएम, पस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने, क्रेडिट कार्ड तथा डेबिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, एटीएम कार्ड, चार सय ५० भन्दा बढी व्यावसायिक केन्द्रहरूबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको यूनएनओ क्रेडिट कार्डजस्ता सेवामार्पmत बैंकले उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया